जनकपुरमा केपी ओली, रवि लामिछाने र राजेन्द्र लिङदेनको पुत्ला दहन

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
जनकपुरमा केपी ओली, रवि लामिछाने र राजेन्द्र लिङदेनको पुत्ला दहन

धनुषा । नागरिकता विधेयकसम्बन्धी सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेशविरुद्ध सत्तारुढ ६ राजनीतिक दलका भ्रातृ संगठनले मंगलबार जनकपुरधाममा  प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा लगायतका दलका भ्रातृ संगठनले जनकपुरधामको जनकचोकमा टायर बालेर विरोध गरेका हुन् ।

विरोधका क्रममा उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा अध्यक्ष रवि लामिछानेको पुत्लासमेत जलाएका छन् । पुत्ला दहनका क्रममा प्रहरी र आन्दोलनकारी बीच धकेला धकेल भएको थियो । 

यस क्रममा ढल्केबर-जनकपुर खण्डमा नागरिकताविहीनहरुले सडक जाम गरेका थिए ।

राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि नागरिकता लिनबाट वञ्चित भएका युवा आन्दोलित भएका हुन् ।

धनुषामा मात्र २० हजार भन्दा बढी युवा जन्मसिद्धका आधारमा नागरिकता लिनबाट वञ्चित छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.