सुनकोशीमा बेपत्ता जिप र सीटीईभीटीका दुई कर्मचारीको शव भेटियो (भिडियोसहित)

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
सुनकोशीमा बेपत्ता जिप र सीटीईभीटीका दुई कर्मचारीको शव भेटियो (भिडियोसहित)

सिन्धुली । सुनकोशी नदीमा जेठ १९ गते (शुक्रबार) बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का जिप र दुई कर्मचारीको शव फेला परेको छ ।

घटनास्थलबाट करिब दुई सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीको अवस्थामा जिप र शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालिएको हो । शवको पहिचान हुन सकेको छैन । कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव भेटिएको हो । एकजना अझै बेपत्ता छन् ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बागमती प्रदेश बी ए बी ७४६७ नम्बरको जिप (स्कार्पियो) शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक तनहुँको भानु ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए ।

चालक कृष्ण चौधरी पौडिएर निस्किएका थिए । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको गाडी सुनकोशी नदीमा खसेको थियो । 

सुनकोशीमा सीटीईभीटीको गाडी खस्यो : २ निर्देशकसहित ३ जना बेपत्ता, चालक पौडिएर निस्किए


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.