हुम्लामा ३ दिनदेखि हवाई सेवा अवरुद्ध

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
हुम्लामा ३ दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट । राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । मङ्गलबार रातिबाट वर्षा भइरहेका कारण हवाई सेवा बन्द भएको हो ।

नेपालगन्ज र सुर्खेत विमानस्थलबाट सिमकोटका लागि जहाजहरूले उडान भर्न नपाउँदा यात्रु मर्कामा परेका छन् ।

पानी पर्ने र बादल लागिरहने भएका कारण सिमकोटका लागि सुर्खेत र नेपालगन्जबाट कुनै पनि उडान हुन सकेका छैनन् । उडान नै कम भइरहेका बेला झन् खराब मौसमका कारण सेवा नै अवरुद्ध हुँदा हुम्लावासी मर्कामा परेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए ।

नेपालगन्जबाट समिट र सीता एयरको जहाजले उडान भर्ने तयारी गरे पनि खराब मौसमका कारण सुर्खेत र नेपालगन्ज झर्ने यात्रुहरू पनि सिमकोटमै रोकिनु परेको गिरीले बताए ।

कार्गो सामान ढुवानी हुन नसकेपछि सिमकोट बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव देखिन थालेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.