प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले आज जवाफ दिँदै छन् ।

प्रतिनिधिसभा बैठक अहिले ११ बजेका लागि तय भएको छ ।  प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्न आजै सदनमा प्रस्ताव गर्ने तयारी छ । 

सरकारले जेठ १५ मा बजेट ल्याउँदै छ । बजेटमा समावेश हुने विषय नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने गरिन्छ । सरकारले जेठ पाँच गते नीति तथा कार्यक्रम संसद्मा पेस गरेको थियो ।

सांसदहरूले चुरे दोहन गरी ढुङ्गा गिटी बिक्री गर्ने, सरकारी खर्च कटौतीका लागि अनावश्यक कार्यालय गाभ्ने र सरकारका केही सामाजिक कार्यक्रम संशोधन गर्न लागेका  विषयमा प्रश्न उठाएका थिए । एमालेसहितका विपक्षले नीति तथा कार्यक्रमको विरोध गरेका छन् । सत्ता पक्षका सांसदले बचाउ गरेका छन् । 

नीति तथा कार्यक्रम पास भएपछि सम्पूर्ण ध्यान बजेट निर्माण र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित गर्ने सरकारको तयारी छ ।

यो पनि पढ्नुहोस् :-

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.