नेपालमा कुन देशका कति शरणार्थी छन् ? (सूचीसहित)

जेष्ठ ६, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालमा कुन देशका कति शरणार्थी छन् ? (सूचीसहित)

काठमाडौं । भुटानी शरणार्थीको समस्या बेहोरिरहेको नेपालमा अरू कति देशका शरणार्थी होलान् ? अमेरिका र युरोप छिर्ने गन्तव्य बनाउने उद्देश्यले नेपालमा शरणार्थीको सङ्ख्या थपिँदै गएको छ ।

गृह मन्त्रालयका अनुसार अहिले नेपालमा भुटानी र तिब्बती बाहेक १२ देशका ८३४ जना शरणार्थी रहेका छन् । नेपालमा हाल ६ हजार ३६५ भुटानी शरणार्थी छन् भने १० हजार भन्दा बढी तिब्बती शरणार्थी रहेको गृह मन्त्रालयको भनाइ छ ।

एक आपसमा युद्ध गरिरहेका युक्रेन र रसियाबाट पनि नेपालमा शरणार्थीहरू आएका छन् । गृहको तथ्याङ्क अनुसार युक्रेनबाट आएका ६ जनाले शरणको माग गरेका छन् । तीन जना रसियन नागरिकले पनि शरण मागेका छन् । 

म्यानमारबाट ३ सय ८० जना रोहिंग्या शरणार्थी नेपाल आएका छन् भने थप ९१ जनाले शरण मागेका छन् । 

पाकिस्तानबाट २ सय ४५ जना शरणार्थी नेपाल आएका छन् भने अफगानिस्तानबाट ३६ जना नेपाल आएका छन् । 

त्यसै गरी बंगलादेशबाट ३ जना, श्रीलंकाबाट २६, सोमालियाबाट ३०, इरानबाट ९, यमनबाट ३ जना र फिलिपिन्स तथा इराकबाट एक/एक जना शरणार्थी नेपाल प्रवेश गरेका छन् ।

नेपालले अहिलेसम्म शरणार्थीसम्बन्धी कानुन बनाएको छैन । तर, भुटानी र तिब्बती शरणार्थीलाई व्यवहारिकताका आधारमा शरण दिएको नेपालले बंगलादेश र पाकिस्तान लगायत विभिन्न देशका शरणार्थीलाई शरण दिनुपर्ने बाध्यता बढ्दै गएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement