अनुसन्धान र आविष्कारका लागि सरकार गम्भीर भएन भन्दै महावीर पुन आन्दोलनमा (भिडियोसहित)

वैशाख १५, २०८० |कान्तिपुर टीभी संवाददाता
अनुसन्धान र आविष्कारका लागि सरकार गम्भीर भएन भन्दै महावीर पुन आन्दोलनमा (भिडियोसहित)

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन सुरु गरेका छन् । 

विभिन्न माग राख्दै उनले शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चित कालका लागि आन्दोलन सुरु गरेका छन् । सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूको लागि केही नगरेकाले दबाब स्वरूप आन्दोलन गर्नु परेको पुनको भनाइ छ । पुनले भने, ‘नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौँ । यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको हो ।’ 

पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको पनि उल्लेख गरे । नयाँ विषयहरूको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सुधार हुन नसक्दा नेपाली युवाहरू विदेश जान बाध्य हुने पुनले बताए ।

अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान, आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्नेमा बताए ।  नेपालमा सरकारले यस विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाइएको उनको भनाइ छ । 

पछिल्लो ५ वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दासमेत सरकारले नदेखेको उनको आरोप छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.