काठमाडौं । अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट समिक बडाल अध्यक्षमा चयन भएका छन् । उनले ९ सय ६२ मत ल्याएका छन् भने बडालका प्रतिस्पर्धी आरसी लामिछानेले ३५६ मत पाए ।
बिहीबार राति भएको अनेरास्ववियुको निर्वाचनबाट महासचिवमा भने नरेश रोकाय निर्वाचित भएका छन् । यस्तै गोविन्द गिरि, मर्यादा विष्ट, धर्म गिरि र नारायण घर्ती उपाध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईँ, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनीता काफ्ले चयन भएका छन् । कोषाध्यक्षमा भने संगम अर्याल विजयी भएका छन् ।
निर्वाचन विद्युतीय मेसिनको माध्यमबाट भएको थियो भने १ हजार ५ सय १७ मत खसेको थियो । निर्वाचनको औपचारिक घोषणा भने हुन बाँकी छ ।