टर्कीका विदेश मन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको टेलिफोन वार्ता

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
टर्कीका विदेश मन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले आज टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेकी छन् ।

बुधबार दिउँसो भएको टेलिफोन वार्तामा उनले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । मन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिनसमेत चाबोश्वग्लुसँग आग्रह गरेकी छन् ।

२०७२ सालमा नेपालले ठूलो भूकम्प व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तीमा नेपाल सरकारको सदैव साथ/सहयोग रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन् ।

टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिदै उनले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित समाचार...

टर्कीको भूकम्प प्रभावित दश प्रान्तमा तीन महिनाका लागि संकटकाल घोषणा

दृश्यमा टर्की-सिरिया भूकम्प


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.