दोलखामा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

माघ २३, २०७९ |केदार शिवाकोटी
दोलखामा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते
प्रतीकात्मक तस्बिर ।

दोलखा । दोलखाको बिगु गाउँपालिका ४, लादुकमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

सोमबार दिउँसो ना.५ख ८८७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २४ वर्षीय किसान सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

दुर्घटना २३ वर्षीय रामबहादुर नेपाली, २५ वर्षीय जीवन नेपाली र १८ वर्षीय सुरज खत्री घाइते भएका छन् । घाइते दुईजनाको दोलखा धुलिखेल अस्पताल र एकजनाको सिंगटीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।