भूकम्पले कष्टमाथि कष्ट (भिडियो रिपोर्ट)

माघ १०, २०७९ |मोहन शाही
भूकम्पले कष्टमाथि कष्ट (भिडियो रिपोर्ट)

डोटी । गत कात्तिक २२ गते रातिको भूकम्पले डोटीमा जनधनको ठूलो क्षति गर्‍यो । भूकम्प गएको साढे २ महिना बितिसक्दा पनि घरबारविहीन भएका पीडितहरु खुला आकासमुनि कठ्यांग्रिदो रात काट्न बाध्य छन् । चिसोका कारण उनीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएपनि सरकारले मानवोचित बसोबासको व्यवस्था गर्न सकेको छैन । महिनौंदेखि कष्टपूर्ण जीवन बाँचिरहेका पीडितलाई मंगलबार बाजुरा केन्द्रविन्दु बनाएर गएको भूकम्पले थप कष्ट दिने निश्चित छ ।

डोटीको पूर्वीचौकी गाउापालिका-५ उप्परकााडाका ७० वर्षीय मञ्जिते साउादको घर गत कात्तिक २२ गतेको भुइाचालोले क्षति पुर्‍यायो । घरमा बस्न नसक्किने भएपछि उनको परिवार त्रिपालमा सुत्न बाध्य भयो । हिउँदको चिसोमा त्रिपालमा रात काट्नुपर्दा उनलाई दमको व्यथा बल्झेको छ ।

त्रिपालमै रात काटिरहेकी ३० वर्षीया गर्भवती रम्भा साउँदलाई पनि चिसोकै चिन्ता छ । त्रिपालमा रात काटिरहेका ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकामा चिसो बतास र हिमपात बढ्दै जाँदा रुघाखोकी, दम र श्वासप्रश्वासको समस्या देखिएको छ ।

घरबारविहीन भएका भूकम्पपीडितहरुको विचल्ली भए पनि सरकारले अहिलेसम्म भूकम्पका कारण भएको क्षतिको विवरणसमेत संकलन गर्नसकेको छैन । पीडितहरुको स्वास्थ्य उपचार, पुन:स्थापना तथा जनजीवन सहज बनाउन सरकारले ढिलाइ गरिरहेको आरोप छ ।

भूकम्पपीडितहरुको जनजीवन कष्टकर बन्दै गएकाले तीनवटै तहका सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर चाँडै कार्यान्वयनमा ल्याउन जरुरी छ । 


Image

मोहन शाही

शाही कान्तिपुर टीभीका डोटी संवाददाता हुन् ।