प्रधानमन्त्रीको दाबी- पोल्ट्री व्यवसायमा मुलुक आत्मनिर्भर

माघ ७, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको दाबी- पोल्ट्री व्यवसायमा मुलुक आत्मनिर्भर

काठमाडौं । प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्‍याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको प्रधानमन्त्री पुष्पकमल दाहालले स्विकारेका छन् ।

काठमाडौंमा शनिबार आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनमा उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास धारणा राखे । अहिले पोल्टी व्यवसायमा मुलुक आत्मनिर्भर भएको दाहालको भनाइ छ ।

वनस्पतिजन्य खाद्यान्नमा आत्मर्भिर हुने र बालबालिकालाई आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जनाए । अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ सुरुवातको तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्न लागिएको जानकारी पनि दिए ।

‘समग्रमा खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास गर्नेमा जोड गर्दै आएका छौँ । नेपाल सरकारको तर्फबाट भइराखेका प्रयासहरु पर्याप्त छैनन् भन्नेकुरा तथ्य तथ्यांकले देखाएको छ । यस्ता कार्यक्रमले एकातिर पशुजन्य खाद्यान्नको विकासको निम्ति व्यवसयलाई उत्प्रेरित गर्छ भने गेडागुडीलगायतका खाद्यपदार्थको विकासमा पनि किसानहरुलाई उत्प्रेरित गर्छ,’ उनले भने, ‘आत्मनिर्भरताको दिशातिर जानसक्छौँ । यतिबेला हामीले पोल्टी व्यवसायमा झन्डै आत्मनिर्भर भएका छौँ । यो खुसीको कुरा हो ।’

स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै आगामी दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता थियो । ‘वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई आवश्यक पर्ने प्रोटिन उपलब्ध गराउनुपर्छ । स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ सुरुवात गर्दै छ,’ उनले भने, ‘यो क्षेत्रमा जनताको सेवाका लागि सरकारले गर्नुपर्ने काम धेरै छ । मेरो तेस्रो कार्यकालमा जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्दैछौँ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.