बलात्कार आरोपी पल शाहलाई जिल्ला अदालत तनहुँले दियो सफाइ

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
बलात्कार आरोपी पल शाहलाई जिल्ला अदालत तनहुँले दियो सफाइ

तनहुँ । नाबालिग बलात्कारका आरोपित कलाकार पूर्णविक्रम (पल) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको मंगलबारको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको उनका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए । 

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । 

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.