महानगरपालिकाअगाडि सुकुम्बासीको प्रदर्शन, भन्छन्- ‘बालेन शाह होसियार’ (भिडियोसहित)

मंसिर १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
महानगरपालिकाअगाडि सुकुम्बासीको प्रदर्शन, भन्छन्- ‘बालेन शाह होसियार’ (भिडियोसहित)

काठमाडौं । थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । महानगरले सोमबार सुकुम्बासी बस्ती खाली गर्ने प्रयास गरेपछि आक्रोशित उनीहरू महानगरको कार्यालयआगाडि प्रदर्शनमा उत्रिएका हुन् ।

सुकुम्बासीहरूले महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘सुकुम्बासी एक हौं,’ ‘बालेन शाह होसियार’, ‘सूचना आतंक बन्द गर’ लगायत नारा लगाएका छन् ।

महानगरपालिकाले सोमबार सुकुम्बासी बस्ती हटाउन डोजर लिएर गएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । उनीहरूले महानगर प्रहरीलाई ढुंगा-मुढा गरेर खेदाएका थिए । झडपमा केही महानगर प्रहरी घाइते भएका थिए ।

भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासीका घर, टहरा जबरजस्ती हटाउन प्रकाशित सूचनाविरुद्ध ‘बृहत् खबरदारी र्‍याली’ नाम दिइएको प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका हुन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.