अज्ञात गाडीको ठक्करबाट व्यापारीको मृत्यु, २ घण्टा सडक अवरुद्ध

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
अज्ञात गाडीको ठक्करबाट व्यापारीको मृत्यु, २ घण्टा सडक अवरुद्ध

रौतहट । अज्ञात गाडीको ठक्करबाट मर्निङ वाकमा निस्किएका एक व्यापारीको सोमबार बिहान मृत्यु भएको छ ।

गरुडा नगरपालिका ४ का ४८ वर्षीय व्यापारी राजनारायण साहको मृत्युबारे सत्य-तथ्य जानकारी दिन माग गर्दै नगर उद्योग वाणिज्य संघका अध्यक्ष हरेन्द्र जयसवालको नेतृत्वमा स्थानीय व्यापारी र बासिन्दाले बाटो अवरुद्ध गरेर दुई घण्टा चक्काजामसमेत गरेका थिए ।

प्रहरीले व्यापारी मृत्युको कारण सडक दुर्घटना भने पनि सवारीसाधनबारे खुलाउन सकेको छैन । प्रहरीले घाइते साहलाई उपचारसमेत नगराएको स्थानीयको आरोप छ । उपचार अभावमा मृत्यु भएकामा व्यापारीहरु प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए । सोमबार बिहान मृत्यु भएका साहको शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.