विजय र्‍यालीबाट फर्कंदै गर्दा दुर्घटना, एकजनाको मृत्यु

मंसिर ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
विजय र्‍यालीबाट फर्कंदै गर्दा दुर्घटना, एकजनाको मृत्यु

तेह्रथुम । विजय र्‍यालीबाट फर्कने क्रममा तेह्रथुममा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका २, ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले बताए ।

सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को.२१प ४२२८ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । मृतक लिम्बू नेपाली कांग्रेसका कार्यकर्ता हुन् । म्याङलुङस्थित दशगते पार्कमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.