निर्वाचनका कर्मचारीसँगै सेनाले गर्‍यो माथिल्लो डोल्पाबाट गर्भवतीको उद्धार

मंसिर १०, २०७९ |सरोज थापा
निर्वाचनका कर्मचारीसँगै सेनाले गर्‍यो माथिल्लो डोल्पाबाट गर्भवतीको उद्धार

डोल्पा । उपल्लो डोल्पाबाट नेपाली सेनाले गर्भवतीको उद्धार गरेको छ। डोल्पोबुद्ध गाउँपालिका ५, तिन्जेकी २५ वर्षीया छिरिङ लामाको सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल पुर्‍याइएको हो ।

प्रशव पीडामा छटपटाइरहेकी लामा जिल्ला अस्पताल पुग्न हिँडेर चार-पाँच दिन लाग्ने भएकाले पनि सेनासँग समन्वय गरेर हेलिकोप्टरमा दुनै झारिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।

उपल्लो डोल्पामा सुरक्षित सुत्केरी गराउन असम्भव भएपछि लामालाई सदरमुकाम लगिएको हो । निर्वाचनमा खटिएका कर्मचारी लैजान उपल्लो डोल्पा पुगेको सेनाको हेलिकोप्टरले गर्भवतीको उद्धार गरेको हो ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।