बिँडीको ठूटोबाट घरमा आगो लाग्यो, ७० वर्षीया मानसरादेवीको मृत्यु

मंसिर १०, २०७९ |हरिश्चन्द्र बाग
बिँडीको ठूटोबाट घरमा आगो लाग्यो, ७० वर्षीया मानसरादेवीको मृत्यु
प्रतिकात्मक तस्बिर

कञ्चनपुर । कञ्चनपुरमा आफ्नै घरमा लागेको आगोमा परेर एकजनाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका ५, पवित्राबस्तीको एउटा घरमा शुक्रबार राति आगलागी हुँदा ७० वर्षीया मनसरादेवी सुनारको मृत्यु भएको हो । घरको कोठामा एक्लै भएका बेला आगलागी हुँदा वृद्धाको जलेर मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । वृद्धाले बिँडी सेवन गर्ने गरेकाले बिँडीकै ठुटोबाट आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

-प्रतीकात्मक तस्बिर 


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।