रवि लामिछानेको चुनाव खर्च ११ लाख ८१ हजार, प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने

मंसिर १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेको चुनाव खर्च ११ लाख ८१ हजार, प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका क्रममा झण्डै १२ लाख खर्च भएको सार्वजनिक गरेका छन् । उनी प्रतिनिधिसभा चुनावमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएलगत्तै आफ्नो चुनावी खर्च सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमा १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उनले चुनावमा ११ लाख ८१ हजार ४७२ रुपैयाँ खर्च भएको बताएका हुन् ।

उनले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा नागरिकलाई जवाफ दिने घोषणा गरेका छन् ।

अब विजयको खुसियाली नमनाउने भन्दै उनले सम्मान, पुरस्कार नलिने, भोज भतेरमा नजाने प्रतिबद्धता गरेका छन् । लामिछानेले धेरै समय आफ्नो चुनावी क्षेत्र चितवन २ मा नै रहने वाचासमेत दोहोर्‍याएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.