बाजुरा गोली काण्ड : शव व्यवस्थापन गर्न बस्यो सर्वदलीय बैठक

मंसिर ६, २०७९
बाजुरा गोली काण्ड : शव व्यवस्थापन गर्न बस्यो सर्वदलीय बैठक

बाजुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा झडप हुँदा प्रहरीको गोली लागेर बाजुराको त्रिवेणीका सञ्जीव अयडीको मृत्यु भएको थियो । उनको शव व्यवस्थापन गर्ने विषयमा मङ्गलवार सर्वदलीय बैठक बसेको छ ।

बैठकमा मृतकका आफन्तलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा गृह मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको छ ।

सर्वदलीय बैठकमा घटनाबारे निष्पक्ष छानबिन गर्न समिति गठन गर्ने र क्षतिपूर्तिका लागि गृहमन्त्रीलाई आग्रह गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।