डोटीमा प्रेम आलेको अग्रता फराकिलो

मंसिर ६, २०७९
डोटीमा प्रेम आलेको अग्रता फराकिलो

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा मतगणना जारी छ । प्रतिनिधिसभातर्फ यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अग्रता कायम गरेको छ।

निर्वाचन आयोगका अनुसार डोटी क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका प्रेमबहादुर आले ५,७२४ मतका साथ अग्रस्थानमा छन् । उनको निकटतम् प्रतिस्पर्धी एमालेकी गौरीकुमारी ओलीले ३,२२३ मत ल्याएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्का ४०४ मतका साथ तेस्रो स्थानमा छन् ।