कस्तो छ आजको मौसम ?

मंसिर ६, २०७९ |कान्तिपुर टीभी संवाददाता
कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

राति पनि मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

यसैगरी बुधबार र बिहीबार पनि मौसम सफा रहने महाशाखाले जनाएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.