दशैं तिहारजस्ता चाडबाडमा खुला सिमावर्ती क्षेत्रबाट संगठित तस्करी हुदै आएको पाइएपछि गृह प्रशासनका अधिकारीले सिमा नाका खटाइएका नेपाल प्रहरी र शासस्त्र प्रहरी बलका अधिकृतको माथि निगरानी राख्न थालेका हुन । सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी मध्ये कस्ले कस्तो काम गर्दै आएको त्यसको गोप्य सुचना संकलन गर्न उनीहरु भित्रबाटै एक अर्का माथि निगरानी राख्न निर्देशन दिएका छन् ।
नेपालगन्जदेखि सिमा नाकासम्म ४ स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ छन । सुरक्षाकर्मी बाहेक नेपालगन्ज भन्सार कार्यालयको पनि निगरानी हुने गर्छ । तर पनि तस्करी नियन्त्रण हुन सकेको छैन । नाकामा खटिएका सुरक्षाकर्मी बीचको मिलेमतोमा अबैध धन्दा हुन थालेका सूचनाका आधारमा गृह प्रशासनले सुरक्षाकर्मी भित्रै सुराकी राखेर सूचना लिने प्रयास थालेको हो ।
सुरक्षाकर्मी भित्रको सूचना लिन अपनाएको रणनीति कति सफल हुने हो त्यो भने हेर्न बााकी नै छ तर भन्सार कार्मचारीको मिलेमतोमा हुने राजश्व चुहावाट रोक्न तिर पनि प्रहरी प्रशासनले सशक्त प्रयास गर्न आवश्यक छ ।