ताप्लेजुङको पाथीभरा भक्तजनले भरिभराउ

आश्विन १८, २०७९
ताप्लेजुङको पाथीभरा भक्तजनले भरिभराउ

तीन हजार ७ सय ९४ मिटर उचाईमा रहेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा अहिले भक्तजनले भरिभराउ छ । हरेक वर्ष असोज, कात्तिक, चैत र वैशाखमा यहाँ तीर्थयात्रीको निकै चहलपहल हुने गर्छ ।

ताप्लेजुङको पाथिभरास्थित माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका अनुसार दशैंमा दैनिक १७ हजारसम्म तिर्थयात्री आउने गरेका छन् । यी मध्येका अधिकांस माथील्लो फेदी, काफ्ले पार्टी र मन्दीरमै पुगेर वस्छन् । यी क्षेत्रमा यतिवेला यीनै पाहुनाको स्वागतकालागि निकै सक्रिय छन् । 

कम पाहुना आउने बर्खायामको असार, साउन र हिउादको पुष, मागको समयमा यी वस्तिहरु सुनसान हुन्छन् । जव पाहुना आउने सिजन सुरुहुन्छ घर रंगाउाछन्, सामान भित्र्याउाछन्, सामान सजाएर चिटिक्क बनाउाछन् र स्वागतकालागि तम्तयार बस्छन् ।  

ताप्लेजुङ सदरमुकाम फुङलिङवाट आठ किलोमिटर पक्की र ११ किलोमिटर कच्ची यात्रामा पुगिने काफ्ले पार्टीवाट मन्दिर पुग्नभने पााच किलोमिटर पैदल हिड्नु पर्छ । सामान्यता बिहानै पूजा गर्न रुचाउने तिर्थयात्रीहरु वेलुकाको वास वस्न सदरमुकाम फुङलिङदेखि, काफ्लेपार्टी र माथील्लो फेदीलाई रोज्ने गरेका छन् ।