रुपन्देहीको बालसुधार गृहका बालकलाई छोएन दसैँको रौनकले

आश्विन १८, २०७९
रुपन्देहीको बालसुधार गृहका बालकलाई छोएन दसैँको रौनकले

महान् चाड बडादसैँमा परिवारबाट टाढा भएकाहरु ठूलाबडाको हातबाट टीका थाप्न र आशिर्वाद लिन आ-आफ्नो घर जम्मा भैरहेका छन् । मिठो मसिनो खाने र राम्रो लगाउने यो चाडको महत्वपूर्ण विशेषता हो । तर, रुपन्देहीको बाल सुधार गृहमा रहेका बालकमा भने चाडबाडको कुनै रौनक छैन । उनीहरु नैसर्गिक अधिकारबाट समेत बञ्चित छन् ।

यो सुधार गृहमा २० जना बस्न मिल्छ तर यहाा ९३ जना बालकहरु छन् । चारैतिर दसैाको रमझम देख्दा यहाा रहेका बालकहरुलाई पनि रमाइलो गर्न मन लाग्नु स्वाभाविक हो । तर, यहााका बालकहरुले घाम देख्न पनि पाउँदैनन् । भित्रै गुम्सिएर बस्नुपर्दा धेरैको खुट्टा र ढाडमा समस्या देखिएको छ । चाडबाडको बेलामा परिवारको यादले निकै सताउने गरेको उनीहरु बताउाछन् ।

सरकारले यस्ता बालकलाई तीन सयका दरले दसैा मनाउन रकम उपलब्ध गराउने गरेको छ । त्यहीा रकमबाट सुधार गृहको प्रशासनले दसैा मनाइदिदै आएको छ ।

कानुनको विवादमा परेका यस्ता बालबालिकामा हौसला र प्रेरणा भर्ने साथै उमेर समूह अनुसार प्रविधिमैत्री, मनोरञ्जन दिने खालका कार्यक्रमहरु गर्नुपर्ने हो । औपचारिक शिक्षा, व्यावसायिक तालिम, स्वास्थ्य, मनोविमर्श, सामाजिक सेवालगायतको व्यवस्था हुनुपर्छ । तर, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, माया, अनुकूल वातावरण जस्ता नैसर्गिक अधिकारबाट समेत उनीहरु वञ्चित छन् ।

बालबालिकालाई जस्तो संस्कार दियो त्यहीा अनुसारको व्यक्तित्व बनाउन सकिन्छ । कलिलो फुलको दुश्मन काँडा भनेजस्तै यी कलिला बालकलाई यसरी राखिदा यिनीहरुको भविष्य झनै अन्धकारमय बनेको छ ।