सरकारको कमजोर कार्यसम्पादनले १५ औं पञ्चवर्षीय योजनाको लक्ष्य कठिन

आश्विन १७, २०७९
सरकारको कमजोर कार्यसम्पादनले १५ औं पञ्चवर्षीय योजनाको लक्ष्य कठिन

आर्थिक वर्ष २०८०/८१ सम्म प्रतिव्यक्ति कूल राष्ट्रिय आय १५ सय ९५ डलर पुर्‍याउने लक्ष्य प्राप्ति गर्न कठिन हुने देखिएको हो । कोरोना महामारीका कारण गरिबीको रेखामुनि रहेको जनसंख्या १८ दशमलब ७ बाट ९ दशमलब ५ प्रतिशतमा झार्न पनि समस्या हुने देखिएको छ । १० दशमलब ३ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य संकुचित हुने पनि प्रतिवेदनमा उल्लेख छ । 

यता विज्ञले भने सन् २०८१ सम्म तोकिएका लक्ष्य प्राप्तिका लागि अझै समय भए पनि सरकार गम्भीर नभएको बताएका छन् ।

१५ औं योजनाले २०८०/८१ सम्म काम गर्ने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसङ्ख्या ५० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ३६ दशमलब ५ प्रतिशतबाट ५० प्रतिशत पुर्‍याउने लक्ष्य पनि कमजोर देखिएको छ । तर, पााच वर्षमुनिका बालबालिकाको जन्मदर्ता, आधारभूत खाद्य सुरक्षाको स्थितिमा रहेका परिवार, घरजग्गामा महिलाको स्वामित्व बढाउने जस्ता सामाजिक लक्ष्य भने पुरा हुने देखिएको छ ।  गौरवका तथा रुपान्तरणकारी आयोजनाको काम सन्तोषजनक नहुँदा दीर्घकालीन आर्थिक लक्ष्य भेटाउन कठिन हुने भएको हो ।