काठमाडौं उपत्यका सडक र बजार सुनसान

आश्विन १७, २०७९
काठमाडौं उपत्यका सडक र बजार सुनसान

महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका विभिन्न नाकाबाट घटनास्थापना यतामात्र साढे ६ लाखले राजधानी छाडेका छन् । त्यसबाहेक दसैंका लागि भनेर करिब १७ लाख मानिस बाहिरिइसकेका छन् । यसले गर्दा सवारी चाप हुने राजधानीका सडक सुनसानजस्तै भएका छन् । 

फुलपातीका दिनसम्म निकै भीडभाड देखिएको काठमाडौंको असन, इन्द्रचोकलगायतका प्रमुख व्यापारिक क्षेत्रमा पनि चाप कम छ । 

राजधानीलाई कर्मथलो बनाएका र अध्ययनको सिलसिलामा रहेकाहरु बाहिरिने क्रम अझै जारी छ । यसवर्ष कोरोनाको जोखिम कम भएकाले पनि घर फर्कनेहरुमा खास उल्लास छ ।