दसैँमा पिङ खेल्ने चलन क्रमश कम हुँदै

आश्विन १६, २०७९
दसैँमा पिङ खेल्ने चलन क्रमश कम हुँदै

दसैं भन्नासाथ पाका पुस्ता र बसाइ सरेर सहर पसेकाहरुलाई गाउँ अनि पिङको सम्झना आउँछ । पाल्पामा २०५५ सालतिरसम्म टोलैपिच्छे पिङ हाल्ने चलन थियो। तर, प्रविधिको विकाससँगै पछिल्लो पुस्तामा यसको आकर्षण घटेको छ । पिङ संस्कृतिमा नयाँ पुस्ताले खासै चासो राखेको पाँइदैन।