नेपालगञ्जमा रामलीला महामहोत्सव

आश्विन १६, २०७९
नेपालगञ्जमा रामलीला महामहोत्सव

दशै सूरु भएसँगै बाँकेको नेपालगञ्जमा भगवान श्रीरामको चरित्रमा आधारित रामलीला  महामहोत्सव सुरु भएको छ । नवरात्रसँगै सुरु भएको मर्यादा पुरुषोत्तम रामको लीला हेर्न मध्यरातसम्म दर्शकको घुइचो लाग्ने गरेको छ ।

रामलीला प्रर्दशन गर्न भारतको बृन्द्राबनबाट कलाकारहरु बाँकेको नेपालगञ्ज आएका छन् ।  मानिसभित्रको अहंकारविरुद्ध सन्देश  दिन हरेक वर्ष नवरात्रसँगै रामलीला  प्रर्दशन  हुँदै आएको छ ।  रामलीलाका पात्रहरु ब्राम्हण जातिका मात्र हुने गर्छन् । पात्र चयन गर्दा रावणको विराटता, सीताको प्रकृतिगत कोमलता जस्ता विशेषताप्रति विशेष ध्यान दिने गरिन्छ । रामलीलामा निकै आकर्षक र मनमोहक ढंगले  रामका विभिन्न स्वरुपहरु देखाइन्छन् । 

नेपालगन्जमा एक सय ५५ बर्षदेखि रामलीला  प्रर्दशन हुँदै आएको छ । तर कोरोना भाइरस संक्रमणका कारण तीन वर्ष यता रामलीला प्रर्दशन प्रभावित भएको थियो ।