निर्वाचन नजिकिँदा पनि धादिङमा मुख्य दलका कार्यालय सुनसान

आश्विन १५, २०७९
निर्वाचन नजिकिँदा पनि धादिङमा मुख्य दलका कार्यालय सुनसान

मंसिर ४ गते हुने चुनावको माहोल बनाउन राजनीतिक दलहरु नागरिकको घरदैलोमा पुग्ने बेला भइसकेको छ । तर संघीय राजधानी काठमाडौंसँगै जोडिएको धादिङमा भने सबै राजनीतिक दलका कार्यालय चकमन्न छन् । जिल्लाका अधिकांस नेता टिकटका लागि शीर्ष नेताकोमा धाउन राजधानी केन्द्रीत हुँदा पार्टी कार्यालय सुनसान  बनेका हुन् ।