तराईमा दसैँसँगै झिझिया नाचको रौनक

आश्विन १४, २०७९
तराईमा दसैँसँगै झिझिया नाचको रौनक

दशंै लागेपछि राति जाग्राम रही गाउाघरमा घुमेर ग्राम देवतालाई पुकार गर्दै गाउने यस्ता झिझिया गीत र नृत्य विस्तारै लोप हुदै गएको छ ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दसैां पर्वमा खासगरी तराईको प्रमुख आकर्षण नै झिझिया नृत्य हो । तर अहिले यो नृत्य ओझेलमा परेको छ । दसैां सुरु भएलगत्तै प्रत्येक वस्तीमा नाचिने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन र देखिन छाडेको छ ।  सानो प्वाल पारिएको गाग्रोभित्र बत्ती बालेर एक  जना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउाने गरेको यो पुरानो संस्कृतिबारे नयाा पुस्ताका छोरी-बुहारीलाई बुझाउन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।तराई मधेशको संस्कृतिको अभिन्न अंग मानिएको झिझिया गीतको नृत्यलाई जीवन्त राख्न तथा यस्ता संस्कृतिको संरक्षण गर्न स्थानीय तहले विशेष सक्रियता देखाउनुपर्ने जानकार बताउाछन् ।

पछिल्लो समय यस्ता मौलिक गीत संगीतको ठाउा पश्चिमा गीत संगीतले लिन थालेका छन् । परम्परागत तथा लोपोन्मुख यस्ता संस्कृति संरक्षण गर्न स्वयम् स्थानीयको अग्रसरता खााचो छ ।

 


Enter Kantipur TV HD
Advertisement