आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

आश्विन १३, २०७९
आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत खटाएसँगै जिल्लाहरुमा निर्वाचनको माहोल बनेको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण पनि दिन थालिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने चेतावनी दिएका छन् ।

बुधबार नेपालगन्जमा भेला भएका लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदबाट राजीनामा नदिइ दिएको उम्मेदवारी स्वतः खारेज हुने चेतावनी दिए । उनले मंसिर ४ गते हुने निर्वाचनमा आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्ने दृढता पनि व्यक्त गरे ।

आयोगले बुधबारदेखिनै निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । आचारसंहिता पालना भए/नभएको, उम्मेदवारले तोकिएभन्दा धेरै रकम खर्च गरे/नगरेकोेलगायतका विषयमा आयोगले सुक्ष्म तथा गोप्य ढंगले अध्ययन गरिरहेको छ । अनुगमनकर्ताले दिएको प्रतिवेदनका आधारमा उम्मेदवारलाई आचारसंहिता पालना गर्न लगाउने र कारबाही गर्ने तयारी आयोगको छ । आयोगले मतदान सकिएको ४८ घण्टाभित्रै मतगणना सम्पन्न गनर्ेे मुख्य निर्वाचन  अधिकृतलाई पुस्कारस्वरुप निर्वाचन अवार्डसमेत दिने भएको छ । 

आयोगले अघिल्ला निर्वाचनबाट पाठ सिकेर बदर मत संख्या घटाउने र निर्वाचनको नतिजा चााडै सार्वजनिक गर्ने तयारी गरेको छ ।