स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले जरिवाना तिर्न थाले

आश्विन ११, २०७९
स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले जरिवाना तिर्न थाले

स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण नबुझाउने उम्मेदवारले धमाधम जरिवाना तिर्न थालेका छन् । निर्वाचन आयोगले जरिवाना नबुझाउनेहरुले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेपछि उम्मेदवारहरु जरिवाना तिर्न थालेका हुन् ।

स्थानीय तहको निर्वाचनमा डडेलधुराको भागेश्वर गाउापालिकाको अध्यक्षमा उम्मेदवार भएका सडकबहादुर ठकुराठीले ६ मत मात्रै पाए । तर  निर्वाचन खर्च समयमै नबुझाएका कारण  उनी ३ लाख ५० हजार जरिवाना तिर्ने गरी आयोगको कारबाहीमा परेका छन् ।

उनी त उदाहरण मात्र हुन् । बााकेमा पनि २ मत मात्रै ल्याएर पराजित भएका धेरै उम्मेदवार निर्वाचन आयोगको कारबाहीको सूचीमा छन् । स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण नबुझाउने र ढिला बुझाउने १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई निर्वाचन आयोगले साढे ७ रुपैयाासम्म जरिवाना गर्न थालेको छ । आयोगको निर्णय धमाधम कार्यान्वयन हुन थालेको छ । सबै जरिवाना उठे २४ अर्बभन्दा बढी रकम संकलन हुन्छ ।

तर आयोगको निर्णयको अटेरी गर्नेहरु पनि कम भने छैनन् । खर्च विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई उसले गरेको खर्च वा आयोगले निर्धारण खर्चको हद मध्ये जुन बढी हुन्छ, सोही बराबरको जरिवाना तिर्नसक्ने प्रावधान राखिएको छ । खर्च विवरण नबुझाउनेहरुमा बााकेका ८ वटै स्थानीय तहका प्रमुख उपप्रमुखसमेत छन् । तोकिएको जरिवाना नतिर्ने उम्मेदवार तथा जनप्रतिनिधिलाई उक्त रकम बेरुजुमा राखेर सरकारी बाँकी सरह राख्न आयोगले निर्देशन दिएको छ । जरिवाना तिर्नुपर्नेको नाम स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा टाास्न थालिएको छ ।