Kantipur Samachar | कान्तिपुर समाचार, १० असोज २०७९

आश्विन १०, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, १० असोज २०७९

आजको मुख्य समाचार:

* दसैँको पहिलो दिन आज घटस्थापना / घर–घरमा राखियो जमरा / दसैँ मान्न ८ लाख काठमाडौंबाट बाहिरिए / चाडबाड लक्षित विषेश सुरक्षा योजना लागू ।

* मनास्लुको हिमपहिरोमा एक जनाको मृत्यु, ११ घाइते / विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन बेपत्ता / प्रतिकूल मौसमले उद्धारमा कठिनाइ ।

*  राज्य चलाउने उच्चपदस्थबीच शक्तिको टकराव / मुलुक र जनताभन्दा राजनीति प्यारो / संविधानको आफूखुसी व्याख्या । 

*  रुसको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ७ बालबालिकासहित १३ जनाको मृत्यु / २१ घाइते ।

*  नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल भोलि / कप्तानमा किरण चेम्जोङको पुनरागमन / जितका साथ नयाँ सिजन सुरुवात गर्ने नेपालको लक्ष्य ।