Kantipur Samachar | कान्तिपुर समाचार, ०८ असोज २०७९

आश्विन ८, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०८ असोज २०७९

आजको मुख्य समाचार:

* निर्वाचन आयोगले तय गर्यो उम्मेदवारले गर्न पाउने खर्चको सीमा/ प्रतिनिधि सभातर्फ ३३ र प्रदेश सभातर्फ २३ लाख रुपैयाँ निर्धारण । 

* संवैधानिक इजलासमा अस्वाभाविक ढिलाई/ तेस्रो पटक सर्वोच्चको नेतृत्व फेरिन लाग्दा पनि संवैधानिक आयोगका पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दा अघि बढेन । 

* प्रदेश एकलाई कृषि, जलविद्युत र सूचना प्रविधिको केन्द्र बनाउन सकिने/ औद्योगिक वातावरण निर्माण गर्न सरकारलाई विज्ञहरुको सुझाव । 

* इरानमा जारी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३५ पुग्यो/ प्रदर्शनकारीलाई अमेरिका र युरोपेली मुलुकको समर्थन ।

* युएफा नेसन्स लिगमा आज पोर्चुगल र चेक रिपब्लिक भिड्दै/ स्पेनको प्रतिस्पर्धा स्वीट्जरल्यान्डसँग ।