निर्वाचनको मिति नजिकिँदै जाँदा सुर्खेतमा दलहरुको सरगर्मी

भाद्र १६, २०७९
निर्वाचनको मिति नजिकिँदै जाँदा सुर्खेतमा दलहरुको सरगर्मी

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा उम्मेदवारका कयौं आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्विकल्प जस्तै उम्मेदवार हुन् । यही क्षेत्रमा नेकपा एमालेबाट ध्रुवकुमार शाही र डन्डिप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रबाट सीताकुमारी नेपाली उम्मेदवार बन्ने चर्चा छ । क्षेत्र नं. २ मा कांग्रेसबाट पूर्वमन्त्री हृदयराम थानी उम्मेदवार बन्ने चर्चा छ । नेकपा एमालेबाट यामलाल काडेल र नवराज रावत तथा नेकपा माओवादी केन्द्रबाट पुष्पा घर्ती सम्भावित उम्मेदवार हुन् । २०७४ सालमा एमाले र माओवादी केन्द्रबीच तालमेल हुादा दुवै क्षेत्रमा उनीहरुका उम्मेदवार निर्वाचित भएका थिए । ७४ सालको स्थानीय निर्वाचनमा ६ वटा पालिका प्रमुख जितेको कााग्रेसले प्रतिनिधि र प्रदेशसभामा हारेको थियो । तर हालै सम्पन्न स्थानीय निर्वाचनमा ९ वटै पालिकामा माओवादी र कांग्रेसले तालमेल गर्दा ४ वटा पालिकाको प्रमुखमा कांग्रेस र एउटामा माओवादी केन्द्रले जितेको थियो । एक्लै चुनावमा लडेको एमालेले चार स्थानीय तह र जिल्ला समन्वय समितिको नेतृत्व लिएको छ । पााचदलीय गठबन्धभित्रकै नेकपा एकीकृत समाजवादी पनि स्थानीय तहमा एक्लै लडेको थियो ।

केन्द्रकै पााचदलीय गठबन्धन सुर्खेतमा कायम रहृयो र कांग्रेसभित्रको विवाद समाधान भयो भने आगामी निर्वाचनमा सत्तारुढ दललाई फाइदा पुग्ने देखिन्छ । तर कांग्रेसको विवाद मिलेन र गठबन्धन पनि रहेन भने त्यसको फाइदा एमालेलाई लिने छ । कुल २ लाख ४७ हजार ७ सय ४० मतदाता रहेको सुर्खेतमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं. १ मा १ लाख २३ हजार ७५ जना र क्षेत्र नं. २ मा १ लाख २४ हजार ६ सय ६५ जना मतदाता छन् ।