खेलकुद विकासका सबै गुरुयोजना असफल

असार २, २०७९
खेलकुद विकासका सबै गुरुयोजना असफल

२०७८ मंसिरमा कतारमा भएको आईसीसी महिला टि-ट्वेन्टी विश्वकपको एसियाली छनोटमा युएई र हङ्कङसँग पराजित भएपछि नेपालको विश्वकप सपना सकिएको थियो । शीर्ष स्थान हात पार्ने लक्ष्यसहित कतार गएको टिम ग्लोबल छनोट पुग्नबाटै बञ्चित भयो । नेपालले गत वैशाखमा पहिलो पटक घरेलु मैदानमा युगान्डासँग ५ खेलको सिरिज खेल्यो । ट्रफी हात पार्ने लक्ष राखेको टिम सिरिजमा पनि ३-२ ले पछि पर्यो । पछिल्लो दशक नेपाली महिला टिम निरन्तर खराब नतिजाबाट गुज्रिरहेको छ । २०१२ को महिला एसिया कप, २०१४ को एसियाली खेलकुद, २०१६ को महिला एसिया कप, १७ को महिला विश्वकप छनोटलगायत प्रतियोगिता सहभागितामै सीमित भए । सन् २००७ देखि अन्तर्राष्ट्रिय सहभागिता जनाएको टिमले एसियाली क्रिकेट परिषद्ले आयोजना गरेको यु–नाइन्टिन क्रिकेट प्रतियोगिताको उपाधि तीन पटक जिते पनि सिनियर टिम भने उपाधिविहीन छ । तर अहिल ट्रफिकै लक्ष्यसहित एसीसी महिला टि-ट्वेन्टी च्याम्पियनसिप खेल्न नेपाली टिम मलेसिया गएको छ ।

अन्तर्राष्ट्रिय जगतमा धेरै सम्भावना बोके पनि सम्बन्धित निकायको प्राथमिकतामा नपर्दा महिला क्रिकेटको उपलव्धी शून्य जस्तै छ । यस पटक टिमले झन्डै दुई महिना अभ्यास गरेकाले एसीसी महिला टि-ट्वेन्टी च्याम्पियनसिपमा  ट्रफीको अपेक्षा गरिएको छ । 

नेपाल रहेको समुहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् । अर्को समुहमा युएई, मलेसिया , ओमान, कतार र सिंगापुर छन् । दुई समुहका शीर्ष टिमले एसिया कपका लागि स्थान बनाउने छन् । युगान्डासँगको सिरिजपछि नेपाली खेलाडी आत्मविश्वासी देखिएका छन् । टिम एसिया कप खेल्नेमा ढुक्क छ । तर अन्तर्राष्ट्रिय सहभागिता जनाउँदा नेपालकै हाराहारीका मानिने हङ्कङ र थाइल्याण्डसँग डराउने स्थिति भने नेपाली क्रिकेटको दुर्भाग्य हो ।