सधै मनमात्र जित्नेकी खेल पनि ?

असार १, २०७९
सधै मनमात्र जित्नेकी खेल पनि ?

नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी एसिया कप छनोटको तेस्रो चरणमा निकै खराव प्रदर्शन गर्‍यो । खेलाडी/प्रशिक्षक विवाद र अखिल नेपाल फुटवल संघ एन्फा निर्वाचनको छायाँमा परेको यो प्रतियोगिताले नेपाली फुटबलको वास्तविक स्तर मापन भने गरेको छ ।  नेपाली फुटबलको स्तर झन् खस्किँदै गएको देखाएको यो प्रतियोगिताले एन्फाको आगामी नेतृत्व सामु चुनौती खडा गरिदिएको छ । 

कुबेतमा सम्पन्न एसिया कप छनोट तेस्रो चरणमा नेपाल अंकविहीन भयो । जोर्डनसाग २-० ले हारेको नेपाल कुवेतसाग चार-एकले पराजित भयो । समूहको अन्तिम खेलमा इन्डोनेसियासाग त झन् सात-शून्य गोलको हार बेहोर्‍यो । नेपालको चीर प्रतिद्वन्द्वी भारत भने लगातार दोस्रो पटक छनोट भयो । हुन त यो नतिजा नेपालका लागि आश्चर्यजनक भने होइन । मैदानमा उत्रनु अघिनै अल्मुताइरीले हार स्वीकार गरेका थिए । युद्ध नै नलडी हार मान्ने सम्भवतः उनी पहिलो प्रशिक्षक हुन् ।

एन्फाले छनोट खेललाई प्राथमिकतामै राखेन । चुनावमै ब्यस्त एन्फाले खेलाडी र प्रशिक्षकबीचको विवाद मिलाउन प्रयास नगर्दा प्रमुख खेलाडीविनै नेपाली टोली कुबेत गएको थियो । प्रदर्शन पनि कमजोर नै भयो । यो पटक मात्रै होइन, हरेक प्रतियोगितामा फितलो प्रदर्शन गर्दा एन्फाले त्यसको कारण खोज्ने गरेको छैन । दक्षिण एसियाली खेलकुदलाई नै  एन्फाले आफ्नो लक्ष्य मानेको छ । त्यसमा पनि चुक्दै आएको छ ।

एसिया कप छनोटपछि नेपाली फुटवलको कार्यदिशा के हो र कुन रणनीतिसहित अघि बढ्ने भन्ने स्पष्ट योजना एन्फासाग छैन । असार ६ गते एन्फाले आगामी चार वर्षका लागि नयाा नेतृत्व चयन गर्दैछ । तर प्रतिस्पर्धामा रहेका उम्मेदवारले पनि फुटबलका एजेन्डा र खेलाडीको स्तरोन्नतिलाई स्पष्ट रुपमा समावेश गर्न नसक्दा समर्थक निराश छन् ।

एन्फाको अबको नेतृत्वले राष्ट्रिय टिमलाई अर्को प्रतियोगिताका लागि कसरी तयार पार्छ त्यो महत्वपूर्ण हुनेछ । खेल नजिते पनि मन जित्यो भनेर मात्रै समर्थकहरु कहिलेसम्म रमाउनुपर्ने हो ?