इटहरीमा पनि तोडियो एमालेको विरासत, गठबन्धनकै हालीमुहाली

जेष्ठ ९, २०७९
इटहरीमा पनि तोडियो एमालेको विरासत, गठबन्धनकै हालीमुहाली

बहुदलिय ब्यवस्था यता भएको कुनैपनि निर्वाचनमा नेपाली कांग्रेसले इटहरी उपमहानगरमा नेतृत्व हात पार्न सकेको थिएन । गाउा विकास समितिबाट नगरपालिका हाुदै उपमहानगरपालिका भएर २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेले नेतृत्व गर्दै आएको थियो । यसपटक भने कांग्रेसका हेमकर्ण पौडेलले एमालेका उम्मेदवार यामकुमार सुब्बालाई ५ हजार १८ मतले पराजित गर्दै विजयी भएका हुन् । 

उपप्रमुखमा भने एमालेकी संगीता चौधरी फराकिलो मतान्तरले विजयी भएकी छन् । उनले गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई १४ हजार ४ सय ५ मतान्तरले पराजित गरेकी छन् । विष्टले १८ हजार ३१ मत पााउदा संगीताले ३२ हजार ४ सय ३६ मत पाइन् ।

२० वटा वडा रहेको इटहरीमा एमालले १४ वटा वडामा अध्यक्ष पद जितेको छ । कांग्रेसले भने ५ वटा वडा मात्रै जितेको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । न्ागरप्रमुख पद जित हात पारेपनि बहुमत वडाहरु गुमाउनुपरेको कांग्रेस नेतृत्वले इटहरीको परिवर्तन कसरी गर्छ त्यो भने हेर्न बाकी नै छ ।