मतपत्रमा मत बदर संख्या किन बढ्यो त ?

जेष्ठ ३, २०७९
मतपत्रमा मत बदर संख्या किन बढ्यो त ?

भेरी प्राविविधिक शिक्षालयको  बहुउद्धेश्सीय हलमा जारी मतणनाको  जति जति नतिजा सार्बजनिक भैरहेको छ  उतिनै प्रमुख र उपप्रमुख पदका लागि दिएका मतहरु बदर हुनेक्रम बढेको छ । मतदाता शिक्षा नहुनु, मतपत्रमा उम्मेदवारका चुनाव चिन्ह धेरै हुनु र उम्मेद्वार नभएका पदमा पनि चिन्ह हुनुले मत बदर संख्या बढेको निर्वाचन अधिकृतहरुको भनाइ छ ।

नेपालगन्ज उपमहानरको  प्रमुख र उप प्रमुखमा मात्रै ५ दलिय गठबन्धन थियो । तर गठबन्धनका सबै दलका प्रमुख र उप प्रमुखको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएको पाइएको छ । मतगणहरुका अनुसार   गठबन्धन गरेका ५ दलका प्रमुख उप प्रमुख सहित सबै उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाइ दिएकाले  मुख्य पदका उम्मेदवारहरुकै  धेरै मत बदर भैरहेको छ 

मतगणना सम्पन्न भैसकेको बााकेको राप्ती सोनारी गाउापालिमा पनि गठबन्धन नबुझदा सबै उम्मेदवारलाई भोट दिएको पाइएको त्यहाँका  निर्वाचन अधिकृतले बताएका छन । जबकी राप्ती सोनारीमा कुनै  गठबन्धन थिएन । बारम्बार मतगणना अबरुद्ध हुदै आएको बैजनाथमा पनि उस्तै अवस्था देखिएको छ । 

सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदाता सख्या बढेको थियो । तर  मतदान नगर्ने  र बदरमतको सख्या  २०७४ सालको तुलनामा धेरै देखिएको छ ।