निर्वाचन परिणाम सुस्त हुँदा उम्मेदवार र समर्थक आक्रोशित

जेष्ठ २, २०७९
निर्वाचन परिणाम सुस्त हुँदा उम्मेदवार र समर्थक आक्रोशित

मुलुकभर मतगणना सुस्त गतिमा भइरहेको छ । यसले एकातिर निर्वाचन परिणाममा ढिलाइ भइरहेकोप्रति उम्मेद्वार र समर्थक आक्रोशित भइरहेका छन् भने अर्कोतर्फ मतदानलाई प्रविधिमैत्री बनाउँदै गणनालाई चुस्त बनाउनुपर्ने बहस सुरु भएको छ ।

नेपालगन्ज  उपमहानगरको मतगणना संलग्नकर्मचारीहरुले १ हजार मत गणनागर्न पााचघण्टासम्म लगाउने गरेका छन ।बाँकेको कोहलपुर नगर होस वाअन्यगँउपालिका सबैतिर मतगणना कछुवा गतिमा भैरहेको छ ।  निर्वाचनआयोगले पाँचदिनभित्र गणना सक्ने भनेपनि गणनामा तीब्रताल्याइएनभने परिणाम आउनअनुमान गरेभन्दा दोब्बर समय लाग्ने देखिएको छ ।

आफूले भोट दिएकाउम्मेदवारको मत परिणामको  ताजानतिजा सुन्न गणना स्थलबाहिर ठूलो सख्यामा भेला भएका मतदाताफितलो व्यवस्थापनका कारण बेलाबेलामाआक्रोशितहुने गरेका छन् । तर पनि किन  गणना कार्यलाई तीब्रतादिइएको छैन त ?

निर्वाचनको मतगणनामा ढिलाई भएको यो पहिलो पटक होइन । यसअघि पनि सम्पूर्ण मतपरिणामका लागिहप्तौं कुर्नु परेको थियो । समग्र मतदानप्रक्रियालाई प्रविधिमैत्री बनाउँदै गणनालाई चुस्त बनाउन निकै ढिला भइसकेको छ ।