Kantipur Samachar | कान्तिपुर समाचार, २७ बैशाख २०७९

वैशाख २७, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २७ बैशाख २०७९

आजको मुख्य समाचार 

* सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा र बालविवाह जस्ता कुरिति चुनावी मुद्दा नै बनेनन् / कुपोषण, अशिक्षा र बेरोजगारी समस्या पनि ओझेलमा ।  

* चुनाव प्रचारको अन्तिम दिन दलहरुलाई भोट माग्न भ्याइ-नभ्याइ / आजै राती १२ बजेदेखि मौन अवधि / मतदान गर्न घर फर्किनेहरुको लर्को ।  

* निर्वाचनको चहलपहलले माछा, मासु र मदिरादेखि दैनिक उपभोग्य वस्तुको खपत ३० प्रतिशतले बढ्यो / गाउँ घरमा खसीबोका पाउनै मुस्किल / पेट्रोलियम खपत पनि उच्च ।  

* श्रीलंकामा संकट गहिरिँदै गएपछि निवर्तमान प्रधानमन्त्री राजापाक्षे सेनाको शरणमा  / राष्ट्रपतिको पनि राजीनामा माग / देशव्यापी कर्फ्यु ।  

* जेठ २२ देखि हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने तयारी / खेलाडी छनोटदेखि सामग्री खरिदका लागि समय अपुग ।