सप्तकोशी नदी कटान रोक्ने योजना ल्याउन मतदाताको माग

वैशाख २७, २०७९
सप्तकोशी नदी कटान रोक्ने योजना ल्याउन मतदाताको माग

सप्तकोशी नदीको कटान र जंगली जनवारको आक्रमणबाट बर्षौदेखि पिडित बन्दै आएका कोशीटप्पु बन्यजन्तु आरक्ष आसपासका स्थानीयलाई लक्षित गरेर राजनीतिक दलले हरेक निर्वाचनमा आकर्षक घोषणपत्र बनाउने गरेका छन् । जंगली जनवारको नियन्त्रण र जनताको सुरक्षालाई त्यसक्षेत्रका राजनीतिक दल र उमेद्धवारले यसपटक पनि मतदाता रिझाउने गतिलो माध्यम बनाएका छन् ।

सुनसरीको कोशी गाउँपालिकाको मुख्य समस्या भनेकै सप्तकोशी नदीको कटान र कोशीटप्पु बन्यजन्तु आरक्षबाट निस्किएर जंगली हात्तीले मच्चाउने आतंक हो । अहिले पनि आरक्षबाट निस्किएको जंगली हात्तीले बस्तीमा पसेर बर्षेनी ठुलो जनधनको क्षति पुर्याउदै आएको छ । यस्तै बर्षेनी सप्तकोशी नदीको कटानबाट स्थानिय त्रसित हुने गरेका छन । नदी कटान र जंगली हात्तीको आतंकबाट पिडित बनेको स्थानियलाई उमेद्धवारहरुले जहिल्यै भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेका छन् । 

पाँच पटकसम्म प्रधानमन्त्री बनेका स्वर्गीय गिरिजाप्रसाद कोइराला, सुजाता कोइराला, उपेन्द्र यादव र ज्ञानेन्द्रबहादुर कार्की निर्वाचन क्षेत्रभित्र पर्ने यस गाउँपालिकाका बासिन्दा सधैँ त्रासमा रात बिताउन बाध्य छन् । संघ, प्रदेश र स्थानिय तह जुनसुकै निर्वाचनमा समेत उमेद्धवारले गरेको प्रतिबद्धता घोषणा-पत्रमै सीमित बन्ने गरेको छ । यसपटकको स्थानिय तहको निर्वाचनमा पनि दलका उमेद्धवारहरु पुरानै आश्वासन दोहोर्याएका छन् । 

उमेद्धवारहरुमा निर्वाचनका बेला मतदाता फकाउन देखिएको यो होडबाजी निर्वाचनपछि पनि कायमै रहे स्थानियले वर्षौदेखि भोग्दै आएको हात्ती आतंक र नदी कटानको समस्याबाट मुक्ति पाउने थिए ।