नेपालगन्जमा चुनावी प्रतिस्पर्धा रोचक

वैशाख २७, २०७९
नेपालगन्जमा चुनावी प्रतिस्पर्धा रोचक

स्थानीय तहको निर्वाचनमा  गठबन्ध बनाएर होस् वा एक्लाएक्लै चुनावी मैदानमा उत्रेका ठूला राजनीतिक पार्टी ग्रामिण क्षेत्रलाई भन्दा पनि नेपालगन्ज उपमहानगरको निर्वाचनलाई  राजनीतिक प्रतिष्ठाको बिषय बनाएका छन् । पश्चिम नेपालको  प्रमुख सहर भएकाले पनि यहाा हुने हारजितले संघीय संसदको निर्वाचनको प्रारम्भिक खाका समेत निधारण गर्नेछ ।

बाँकेको नेपालगञ्ज उपमहानगर पालिकाका उम्मेद्वारहरु जसरी पनि जित्ने दाउमा छन् । विकासका सपना बढेर होस वा आर्थिक प्रलोभन दिएर नै किन नहोस् मतदातालाई झुक्याउन र फकाउन अनेकौ हथकण्डा अपनाइने गरेको उम्मेदवारहरु नै स्वीकार गर्छन् ।

चुनावी दौडमा नेपालगन्ज उपमहानरभित्र  त्रिपक्षीय प्रतिष्पर्धा देखिन्छ । सत्ता साझेदार पाँच दलीय गठबन्धनका उम्मेदवारबिरुद्ध एक्ला एक्लै चुनावी मैदानमा उत्रेका एमाले र राप्रपाका उम्मेदवार चुनौतिका रुपमा देखिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनको मतभार हेर्दा नेपालगन्ज उपमहानगरको प्रमुखमा राप्रपा सबैभन्दा धेरै  १२ हजार ५ सय १५ मत  प्राप्त गरेको पार्टी हो । त्यति बेला काँग्रेसले ८ हजार ७ सय ३० मत प्राप्त गरेको थियो । ७ हजार एकसय ९८ मत प्राप्त गर्ने  माओवादी केन्द्र तेस्रो र ६ हजार ९ सय ६५ मत पाएको एमाले चौथो बन्यो । 

२०७४ को निर्वाचनमा  संघीय समाजवादी फोरम नेपालबाट उपमहानरको प्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले  ५ हजार ६ सय ४२ मत ल्याएका राइ जसपाबाट अहिले पनि उपप्रमुखका प्रत्याशी बनेका छन् ।