Kantipur Samachar | कान्तिपुर समाचार, २६ बैशाख २०७९

वैशाख २६, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २६ बैशाख २०७९

आजको मुख्य समाचार 

*  भोट माग्दै घरघर पुगेका कर्णालीका उम्मेदवारसँग गरिबी र बेरोजगारी हटाउने योजनै छैन / कर्णालीवासी आधारभूत सेवाबाटै वञ्चित / पर्यटन र जडिबुटीले समृद्धि नारामै सीमित 

* प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरु आचारसंहिता उल्लंघनमा सामेल / मतदातामाथि दबाब बढाउन सरकारी श्रोत र शक्तिको दुरुपयोग / कारबाहीमा निर्वाचन आयोग उदासीन ।

 

* वर्षयाममा दुई सय मेगावाट विद्युत भारतीय बजारमा बेच्ने प्राधिकरणको तयारी / पाँच महिनाभित्रै १२ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य । 

* आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेद्वारा राजीनामा / राजधानी कोलोम्बोमा अनिश्चिककालिन कर्फ्यु / सडकमा सेना तैनाथ  ।

* जिम्बाब्बे ए विरुद्धको एकदिवसीय सिरिजमा नेपालको कब्जा / निर्णायक खेलमा नेपाल ६ विकेटले विजयी / कुशल र दिपेन्द्रको उत्कृष्ट ब्याटिङ ।