बाल अस्पतालको निर्माण कार्य अलपत्र

चैत्र २४, २०७८
बाल अस्पतालको निर्माण कार्य अलपत्र

दुई बर्ष अघि निर्माण थालिएको धनुषा स्थित शहीद दुर्गानन्द झा प्रसुति तथा बाल अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । एक दशक भन्दा बढी समय केन्द्र सरकारले आश्वासनमा बितेपनि काम नभएपछि मधेश प्रदेश सरकारले दुई बर्ष अघि निर्माण शुरु गरेको थियो । तर त्यो काम पनि अहिले त्यत्तिकै रोकिएको छ ।

सरकारी घोषणा भएको १२ पछि २०७७ सालमा धनुषाको जटहीमा शहीद दुर्गानन्द झा बाल अस्पतालको निर्माण कार्य सुरु भएको हो । जनकपुरधाममा तत्कालिन राजा महेन्द्र माथि बम फालेको आरोपमा मृत्यु दण्ड दिईएका झाको स्मरणमा उनकै पैतृक गााउमा अस्पताल बनाउन मधेश प्रदेश सरकारले गतबर्ष २ करोड रुपैंया छुट्याएको थियो । तर, १ करोड १४ लाखमा ठेक्का सकारेको निर्माण कम्पनीले बिभिन्न कारण देखाउदै एक तिहाई पनि  नगरेपछि अहिले काम बन्द छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अर्थ मन्त्री हुादा २०६५ सालमा अस्पताल बनाउने घोषणा गरिएको हो । पछि तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले जटहीमै पुगेर निर्माणको प्रतिबद्धता जनाए । तर, काम भएन । १ बर्ष अघि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मधेश प्रदेश सरकारले निर्माण कार्य सुरु गरेपनि अहिले ठप्प छ । 

धनुषाको सोही क्षेत्रबाट निर्वाचित संघीय सांसद राजेन्द्र महतोको सिफारिसमा मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले अस्पताल निर्माणका लागि गत बर्ष बजेट छुट्याएका थिए । तर मन्त्री साह अहिले महतो र उनको दल लोसपालाई छाडेर उपेन्द्र यादव नेतृत्वको जसपामै बसे । यही राजनीतिक दाउपेचका कारण शहीद दुर्गानन्द झा स्मृति अस्पतालको काम ठप्प बनेको हो ।