दशैंमा हामीहरुले कतै स्वास्थ्य मापदण्डमा हेलचेक्रयाँइ त गरिरहेका छैनौं ?

आश्विन २८, २०७८

अहिले उपत्यकाका नाकाहरु दशैका लागि घर फर्किनेहरुको भिड छ । महामारी घटेको छैन । दैनिक ८ सयको हाराहारीमा सक्रमित थपिइरहेका छन् । झन चाडवाडकै कारण समुदायस्तरमा परिक्षण रोकिएको छ । तीस प्रतिशत नागरिकले मात्र खोप पाएका छन् । त्यसैले हेलचक्राइ गर्न मिल्ने अवस्था नै छैन । तर मानिसहरुले भिडभाडमा जाँदा तथा यात्रा गर्दा सामान्य सावधानी पनि अपनाएको देखिदैन ।  चाडवाडका कारण एक ठाउँबाट अर्को ठाउँमा हुने मानिसहरूको आउजाउ र भिडभाड मात्र बढेको छैन, कोरोनाभाइरस सङ्क्रमण फैलिने जोखिम पनि उत्तिकै बढेको छ । असावधानीपूर्वक गरिने जमघटले कोरोना भाइरस फैलिनसक्ने हुँदा स्वास्थ्य मापदण्ड नभुल्न चिकित्सकहरुले सुझाएका छन् । कोरोना भाइरसबाट बाच्ने एकमात्र उपाय भनेको स्वास्थ्य सावधानी नै हो । सजग हुन सकिएन भने फेरि पनि महामारीको सामना गर्नुको विकल्प छैन् । 

बेलैमा सचेत बनौं ।