Kantipur Samachar | कान्तिपुर समाचार, २७ असोज २०७८

आश्विन २७, २०७८

आजको मुख्य समाचार -

* साफ च्याम्पियनसिपको इतिहासमै नेपाल पहिलोपटक फाइनलमा / बंगलादेशसँग एक-एक गोलको बराबरीपछि २८ वर्षदेखिको सपना साकार ।   

* शक्तिको पूजा गर्दै महाअष्टमी मनाईँदै / दसैंघर, कोतलगायत शक्तिपीठमा पशुबलिसहित कालरात्रिको आराधना ।

* सत्ता र प्रतिपक्षको टकरावले संसद निष्प्रभावी / नागरिकता लगायत ५० भन्दा बढी विधेयक अलपत्र / संसद खुलाउन सभामुखले तदारुकता नै देखाएनन् / उपसभामुखको पद डेढ वर्षदेखि खाली ।  

* राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषयमा परराष्ट्रमन्त्री खड्का उदासिन / नेपाल भारतबीचका विवादित विषयमा अध्ययन गर्नै नभ्याएको टिप्पणी । 

र,

* मोबाइल बैकिङप्रति ग्राहकको आकर्षण / एकै वर्षमा प्रयोगकर्ता २७ प्रतिशतले बढे / विद्यालय शुल्कदेखि खाद्यान्न खरिदसम्ममा डिजिटल कारोबार ।