मोबाइल बैकिङप्रति ग्राहकको आकर्षण

आश्विन २७, २०७८

कोरोना महामारीले सबथोक डामाडोल पारिरहँदा डिजिटल कारोबारमा भने उपलब्धि हासिल भएको छ । महामारीपछि मोबाइल बैकिङसँगै वालेट प्रयोगकर्ताको संख्या पनि अत्याधिक मात्रामा बृद्धि भएको राष्ट्र बै‌‌कले जनाएको छ । 

कोरोना महामारीले गत वर्षको चैतमा सरकारले आकस्मिक रुपमा लकडाउनको घोषणा गर्यो ।  व्यवसायिक कारोबार ठप्प जस्तै भयो । समग्र अर्थतन्त्र ओरालो दिशामा धकेलियो । मानिसहरु घरमा सीमित भए । यहि बाध्यताकाबिचमा स्कुल तथा कलेजहरुले अनलाइनबाटै पढाई सुरु गरे । जसका लागि इन्टरनेटको बिल मोबाइल बैकिङ तथा वालेटबाट तिर्नुपर्यो । मोबाइलमा ब्यालेन्स र खाद्यान्न खरिदका लागि मोबाइल बैकिङबाट  रकम तिर्नुपरेपछि महामारीले देशलाई डिजिटल कारोबारतर्फ जर्बजस्त रुपमा धकेल्यो । गत वर्षको चैतयता मात्रै मोबाइल बैकिङको कारोबार  २० लाख पटकले बढेको छ। गत वर्षको  साउन मसान्तसम्म १ करोड १४ लाख मोबाइल  बैकिङ प्रयोगकर्ता थिए । यो एक वर्षमा २७ प्रतिशतले बढेर १ करोड ४५ लाख  पुगेका छन् । त्यसैगरि डिजिटल वालेट प्रयोगकर्तापनि ६२ लाख बाट बढेर ९२ लाख पुगे । अर्थात एक वर्षमै वालेट प्रयोगकर्ताको संख्या ३० लाखले  बढेको छ । गत वर्षको साउनसम्म ५४ लाख कारोबार एटिएमबाट भएकोमा एक वर्षमा यस्तो कारोबार २६ लाखले बढेर ८० लाख पटक पुगेको छ  । स्थानीय निकायदेखि केन्द्रसम्मका सबै कार्यालयमा डिजिटल माध्यममार्फत  रकम भुक्तान गर्ने व्यवस्था मिलाउन सके यसले आमउपभोक्ताको समय मात्रै हैन भ्रष्टाचारलाई समेत नियन्त्रण गर्न सकिन्छ  ।