सत्ता र प्रतिपक्षको टकरावले संसद निष्प्रभावी

आश्विन २७, २०७८

भदौं २३ मा शुरु भएको संसदको नवौं अधिवेशन शुरुदेखि नै प्रमुख प्रतिपक्ष एमालेको नारावाजी र सत्तापक्षको जवर्जस्तीबाट गुज्रिरहेको छ । संसदको अर्को बैठक कार्तिक ९ गते बोलाईएको छ । यो बीचमा संवादका लागि सार्थक पहल भने भएको छैन्। दशैं बिदाको यो अबधिलाई एमालेसँग सहमति खोज्न उपयोग गरिएला त ? सभामुख अग्नि सापकोटा भन्छन– संसदको गरिमा बढाउन र समझदारी जुटाउन म के गर्न पर्छ तयार नै छु ।आफ्नो दल फुटाउन सहयोगी बनेको आरोपसहित एमालेले सभामुखविरुद्ध सदनमै नारा लगाएर विरोध गरेपछि संसद अत्यावश्यक काम बाहेक संसदले केही गर्न पाएको छैन् । तर संसदलाई प्रकृयामा लैजान छाडेर सरकार भने भएका विधेयक पनि फिर्ता लिन थालेको छ । संसद रोक्दै आएको एमालेको भने विधेयक फिर्ताप्रति आपत्ति छ ।सरकारले २०७५ सालमा संसद सचिवालयमा दर्ता भएको संघीय निजामित सेवा विद्येक र रेल्वे विद्येयक  फिर्ता लिइसकेको छ । नागरिकता लगायत कैयौं विधेयक संसदमै रोकिएका छन् । यो कार्यकालमा टुङ्गो नलागे ती शुन्यमा झर्नेछन् । यति गम्भीर बिषयमा सत्तापक्ष पनि संवेदनशिल देखिन्न । बरु एमालेको अवरोधलाई कारण देखाईदैछ । संसदको काम आवश्यक परेका कानुन निर्माण गर्नु नै हो । समयमा कानुन नबन्दा त्यसको असर दैनिक कार्यसञ्चालनमै पर्न जान्छ । सदनको काम अध्यादेशबाट गर्ने तर कानुन निर्माणमा ध्यान नदिदा यसले संसदको भूमिका  खुम्चिदै जाने खतरामा परेको देखाउँछ । एमालेले सत्तापक्षसँगको प्रतिशोध सदनमा पोख्न खोज्दा पनि संसद अनिर्णयको वन्दी बनिरहेको छ । त्यसैले अबको बैठक बस्नु अघि नै सत्तापक्ष र प्रतिपक्षले संवाद र सहमतिबाट संसदको गाँठो फुकाउनु आवश्यक छ ।