पाल्पाका मठमन्दिरमा श्रद्धालु भक्तजनको भीड

आश्विन २७, २०७८

बडादशैंको प्रारम्भसँगै पाल्पाका मठमन्दिरमा श्रद्धालु भक्तजनको भीड बढेको छ । स्थानीय प्रशासनले भदौको अन्तिम साताबाट मठमन्दिर खोल्न अनुमति दिएपछि सामाजिक दूरी कायम गराउन नसके पनि स्वास्थ्य मापदण्ड पालना गराएर भक्तजनलाई मन्दिर दर्शन गर्न दिएको हो ।